नेपाल सरकारको स्वीकृत नीति अन्तर्गत रही समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ –
(क) यो ऐन पालन भए नभएको तोकिए बमोजिम सुपरिवेक्षण गर्ने,
(ख) यो ऐनका प्रावधानहरु उल्लङ्घन गर्ने उत्पादक, वितरक वा स्वास्थ्य कार्यकर्ता विरुद्ध अनुसन्धान तथा मुद्दा चलाउन सिफारिश गर्ने,
(ग) अनुदानको रुपमा कुनै उत्पादन प्राप्त गर्ने सम्बन्धी अनुरोध उपर विचार गर्ने र तोकिए बमोजिम त्यस्तो अनुरोध स्वीकृत वा अस्वीकृत गर्ने,
(घ) उत्पादक वा वितरकबाट अनुसन्धान, छात्रवृत्ति, व्यावसायीक गोष्ठी वा सम्मेलनमा भाग लिन वा त्यस्तो गोष्ठी वा सम्मेलन गर्नको लागि सहायता लिने स्वास्थ्य कार्यकर्ताहरुको अनुरोध उपर विचार गर्ने र तोकिए बमोजिम त्यस्तो अनुरोध स्वीकृत वा अस्वीकृत गर्ने,
(ङ) उत्पादक तथा वितरकहरुले पेश गरेको उत्पादनका लेवलहरु पुनरावलोकन गरी यस ऐनको प्रावधान अनुकूल भएका लेवलहरु स्वीकृत गर्ने,
(च) बाल आहार सम्वन्धी सूचना तथा शैक्षिक सामग्रीहरुको प्रचार प्रसार सम्वन्धी कामको समन्वय गर्ने,
(छ) स्तनपानको संरक्षण र सम्वद्र्धन गर्ने राष्ट्रिय नीति तर्जुमा गर्ने,
(ज) कार्यान्वयन, सुपरिवेक्षण तथा नियन्त्रण गर्ने प्रयोजनको लागि आवश्यकतानुसार उपसमिति गठन गर्ने ।